२२ वर्षीय क्यामिलाको प्रेममा लियोनार्डो



चर्चित हलिउड अभिनेता लियोनार्डो डिक्याप्रिओ र मोडेल क्यामिला मोरोनबीचको सम्बन्धबारे बेलाबेला चर्चा हुने गर्छ । यतिबेला डिक्याप्रिओ र क्यामिलाबीचको सम्बन्धबारे फेरि चर्चा भएको छ । हाल दुबैजना कोलोराडोस्थित एस्पेनमा विदा मनाइरहेका छन् ।

दुबैजना डेटिङमा गएको समाचार बाहिर आएको छ । तर डिक्याप्रिओले भने उक्त डेटिङलाई गोप्य नै राख्न चाहेका छन् । एस्पेनको मात्सुहिसा रेष्टुरेन्टमा डिक्याप्रिओले बेसबल क्याप र ब्ल्याक कोट लगाउँदै २२ वर्षीय गर्लफ्रेण्डसँग डिनर खाएर बाहिर आएका थिए । क्यामिलासँगको डेटिङलाई गोप्य राख्ने निकै प्रयास गरेका थिए ।

डिक्याप्रिओ आफ्नो निजी जीवनबारे त्यति बोल्दैनन् । सन् २००० मा उनी र ब्राजिलियन मोडेल तथा अभिनेत्री जिसेली बुन्डसेनबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । दुबै जनाको सम्बन्ध ५ वर्षसम्म चलेको थियो । त्यसपछि उनले इजरायली मोडेल बार रेफालीसँग सम्बन्ध गाँसेका थिए ।

सन् २०१३ को जुलाईदेखि सन् २०१४ को डिसेम्बरसम्म जर्मन फेशन मोडेल टोनी गार्नसँग डिक्याप्रिओले डेटिङ गरेको समाचार बाहिर आएको थियो । सन् २०१७ मा पनि दुबैजनाले केही समय डेटिङ गरेको चर्चा चलेको थियो । त्यसयता डिक्याप्रिओ र क्यामिलाबीच सम्बन्ध रहेको चर्चा चलिरहेको छ ।

हाल दुवै जनाले एस्पेनको पहाडमा होलिडे मनाइरहेका छन् । हिजो शनिबार बिहान दुबै जोडी स्किइङ गर्दै रमाइरहेका थिए । हाल ४५ वर्ष पुगेका डिक्याप्रिओ एस्पेनको हिउँमा आफूभन्दा २३ वर्ष कान्छी क्यामिलासँग रमाइरहेका छन् । दुवै जनाको उमेर अन्तरलाई लिएर बेलाबेला चर्चा समेत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu