‘नफर्किएकाहरु’ले पायो प्रथम अवार्ड | ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवल



[one_half last=”no”]60-second-film2शुक्रवार राजधानीमा सम्पन्न ‘६० सेकेण्ड सर्ट फिल्म फेस्टिवल’मा सञ्जय चौलागाईँले निर्देशन गरेको सर्ट फिल्म ‘नफर्किएकाहरु’ पहिलो भएकोछ ।

इन्टरफेस नेपालको आयोजनामा थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा ‘नफर्किएकाहरु’ ले नगद २५ हजार र अवार्ड हात पार्‍यो ।[/one_half]

कुलश श्रेष्ठको चलचित्र ‘कलर्स अफ लाइफ’ फर्ष्ट रनरअप हुँदा शशांक रिजालले निर्देशन गरेको ‘उडान’ सेकेण्ड रनरअपको उपाधी जित्यो । यी दुईले क्रमश १५ र १० हजार नगद पाए ।

त्यसैगरी जुरी अवार्ड निर्देशक रोविन दाहालको ‘वान’ र पब्लिक चोइस अवार्ड निराजन भण्डारीको ‘द लाष्ट कल’ले जितेको छ । उनीहरुले पनि अवार्डसँगै १०/१० हजार नगद हात पारे । यी पाँचै विजेताले सिम्रिक एअरलाईन्सका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर पनि पाएका छन् ।

पाँचै विजेता माउन्टेन फ्लाईटमा जाँदा सो (माउन्टेन फ्लाइट) सम्बन्धी २ मिनेटको फिल्म बनाउन सक्नेछन् र उत्कृष्ट फिल्मलाई पुनः ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu