[dropcap]आ[/dropcap]फ्नो प्रकाशनको ३० बर्ष पुगेको अवसरमा नेपाली चलचित्रकर्मीहरुलाई सम्मान तथा प्रोत्साहन पुर्याउने हेतुले कामना प्रकाशनको तर्फबाट पहिलो ‘कामना फिल्म अवार्ड’ हुने भएको छ । शुक्रवार (१० माघ, २०७०) राजधानीमा एक कार्यक्रम गरी कर्पोरेट कम्पनी सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा यो अवार्ड गर्न लागिएको जानकारी गराईयो ।
उक्त अवार्ड कुल ३१ बिधामा वितरण गरिनेछ । सांगितिक कार्यक्रम सहित संचालन गरिएको सो अवार्ड घोषणा कार्यक्रममा नै कामना पब्लिकेशन र सिजी ईन्टरटेनमेन्टको तर्फबाट पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो ।
‘कामना फिल्म अवार्ड’ घोषणा कार्यक्रमका केहि झलकहरुः