कोरोना भाइरसका कारण चीनमा बन्द भए ७० हजार थिएटर



कोरोना भाइरसबाट २५ जनाको मृत्य भएपछि चीनले ७० हजार फिल्म हल बन्द गरेको छ । चीनलाई विश्वको दोस्रो ठूलो फिल्म बजार समेत भन्ने गरिन्छ । तर, कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकारले ७० हजार हल बन्द गरेपछि यसको प्रत्यक्ष प्रभाव विश्व फिल्म बजारमा पर्ने निश्चित छ । चीनका ठूला हलहरु वान्डा, सीजीभी, बोना, ल्यूमियर पेभिलियन, जिनीलगायत अनिश्चितकालका लागि बन्द भएका छन् ।

आइतवारबाट सुरु चीनियाँ नयाँ वर्षमा टिकट बिक्रीबाट १ विलियनभन्दा धेरै राजश्व संकलन हुने अनुमान गरिएको थियो । तर, कोरोना भाइरसको प्रकोप बिग्रिएपछि चिकित्सा विशेषज्ञले भीडभाड भएको स्थानमा एकत्र नहुन चेतावनी दिएपछि फिल्म हलहरु बन्द गरिएका हुन् । चीनको सबैभन्दा ठूलो फिल्म स्टूडियोले आफ्नो सबैभन्दा ठूलो चलचित्रको रिलिज समेत स्थगित गरेको छ ।

तीन दिनदेखि चार दिनभित्र सार्वजनिक स्वास्थ्यको स्थितिमा केही सुधार आएको खण्डमा बन्द भएका फिल्म हलहरु पुनः सुचारु हुनसक्ने बताइएको छ । तर, कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर भएका कारण तत्काल फिल्म हलहरु सञ्चालनमा आउने सम्भावना न्यून छ । चीनियाँ नयाँ वर्षमा अमेरिकी चलचित्रको रिलिज समेत रोकिएको छ, जसमा ‘वार्नर ब्रदर्स’ पनि सामेल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu