अर्चनाको मस्त जवानीले दरवारमार्गमा हलचल | फोटो फिचर



archana-dance-damdar2
अनिल यादव।
चलचित्र ‘ढुवानी’ मा ‘छलक छलक छल्के झैँ घैयाको पानी …’ बोलको गीतमा ‘आइटम डान्स’ गरेर चर्चा कमाएकी अर्चना देलाल आइतवार दिउँसो राजधानीस्थित दरबारमार्गको ‘आई क्लब’ मा भेटिइन् । अर्चना सो क्लबमा आफ्नो मस्त जवानी देखाउँदै कम्मर हल्लाई हल्लाई नाच्दै थिइन् भने कलाकारहरु कमलकृष्ण, किरण थापा लगायत भने मादक पदार्थसँगै उनको जवानीको मज्जा लिँदै थिए ।

archana-dance-damdar1
यो दृश्य यदि वास्तविक जिवनमै थियो भने कुराले बेग्लै मोड लिनसक्थ्यो तर दृश्य नेपाल प्रहरीको दमदार कथामा बनाइँदै गरेको चलचित्र ‘दमदार’ को आइटम डान्स छांयाकनको थियो । ‘मेरो मस्त जवानी…’ बोलको गीतको छायांकन आइक्लबमा भएको हो । शुटिङ् सेटमा नायक सविन श्रेष्ठ पनि थिए तर यो गीतमा भने उनको अभिनय छैन । चलचित्रको सो गीतमा मात्र देख्न पाइने अर्चनाले साच्चै नै गीतले बोलेजस्तै जवानी नृत्यमा देखाएकी छिन् ।

archana-dance-damdar3

केही समयको विश्रामपछि पुनः छायांकन शुरु भएको चलचित्र ‘दमदार’को छायांकन अन्तिम चरणमा पुगेको निर्माण युनिटले जनाएको छ । नायिका रेखा थापा, नायक बाशु पुडासैनी, सविन श्रेष्ठ संगै खलपात्र किरण थापाको मुख्य अभिनय रहेको यस चलचित्रको बाँकी छायांकन काठमाण्डौ, हेटौँडा, मोरङ र भारतको सिलिगुडीमा भएको थियो ।

archana-dance-damdar4

कमलकृष्णको निर्देशन रहेको उक्त चलचित्रमा सुमन बिष्टको लगानी रहेको छ । त्यस्तै चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, निर्देशक स्वयंको संगीत तथा पटकथा एवं संवाद नवराज शर्माको रहेको छ।

archana-dance-damdar5

अर्चनाको जवानीसंगै चलचित्रको कथा र प्रस्तुती कतिको दमदारका साथ चलचित्रमा कमलकृष्णले देखाउलान् त ? त्यो त चलचित्र हेरेपछि नै पत्ता लाग्नेछ ।

archana-dance-damdar6

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu