कांग्रेस उपसभापति पौडेलले गरे फिल्म निर्देशन



बैकुण्ठराज पराजुली। शनिवार राजधानीमा एक कार्यक्रम चल्दै थियो । सो कार्यक्रममा झट्ट हेर्दा चलचित्रकर्मी मात्र होईन, बिभिन्न राजनीतिज्ञ, बिदेशी कुटनितिज्ञ देखी पेशागत व्यवसायीहरुको पनि उपस्थिती देखिन्थ्यो । कार्यक्रम पनि सुरु भयो, अनि उद्घोषकले नाम लिएपछी नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेल कुनै चलचित्रको सुटिङ सुरु हुन लागेको ठाउँमा मञ्चबाट तल झरे र एकाएक ‘एक्सन’ भन्दै थिए ।

दृश्य रोमाञ्चक बन्यो, उपस्थित सबैजना देशकै एक जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेताले चलचित्रको निर्देशन गर्दै ‘एक्सन कट’ भनेको सुन्दा अचम्ममा थिए । यो कुरा पढ्दै गर्दा तपाईं पनि पक्का रामचन्द्र पौडेलले चलचित्रको निर्देशन गर्न थालेछन भन्ने सोच्नुहोला तर एकछिन पर्खिनुस यो दृश्यमा उपसभापति पौडेलले कुनै चलचित्रको निर्देशन गर्न लागेको नभई नेपाली चलचित्र ‘वीर गोर्खाली’ को औपचारिक मुहर्तको समयको थियो ।

Veer-gurkhali-muhurt
बिमल पौडेलको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको मुहर्तको समयमा नेता पौडेलले पहिलो एक्सन कट भनेका थिए, मुहर्तको समयमा नेपालका लागी भारतिय राजदुत रञ्जित रायले क्यामरा रोल भन्दा बरिष्ठ कलाकार निर शाहले नरिवल फुटाएका थिए ।

यो चलचित्रले बिश्वमा नै विर गोर्खालीको परिचय बनेको गाथाको कथा समेट्ने छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेका उपसभापतो पौडेलले देशलाई सिमांकन गर्ने भौगोलिक सिमा भए पनि कला संस्कृतीले एक बनाउन सघाउने भन्दै चलचित्रको लागी सफलताको शुभकामना दिएका थिए ।

यो चलचित्र आयुष रिजाल, ईन्द्र गुरुङ, नायिका गरिमा पन्त, नायिका रुपा राणालगायतको अभिनय रहने छ । चलचित्र ‘विर गोर्खाली’ ‘हाईट एण्ड डेफ्ट फिल्म कम्पनी’को व्यानरमा निर्माण हुनेछ । कार्यक्रम छिमेकी देश भारतको ६५ औँ स्वतन्त्रता दिवसको शुभकामना आदान प्रदान पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu