मोक्ष र झोलाले मुटु थिचेपछि बोहरालाई तनाव



माघ १० मा फिल्म चलाउने भनेर फुर्तिसाथ अमेरिकाबाट नेपाल झरेका ‘मुटु’ निर्देशक एभरेष्ट सुर्य बोहरालाई हुनसम्मको तनाव भएको छ। सलमान खानको ‘जय हो’ रिलिज हुने मितिमै आफुलाई उभ्याउँदा साँच्चिकै राम्रो फिल्म बनाएका छन् भन्ने अनुमान धेरैको थियो, बिडम्बना त्यसो भएन।

सलमानको चर्चा हुँदै जाँदा बोहराले ‘मुटु’ भगाएर माघ २४ मा पुर्‍याए। यो मितिले पनि उनलाई थर्कमान पारिदिएको छ। प्रतिष्पर्धी चलचित्र ‘मोक्ष’को च्यारिटीसँगै फैलिएको सकारात्मक भाईव्रेसन र कृष्ण धरावासीको चर्चित कथामा बनेको चलचित्र ‘झोला’ले ‘मुटु’ थिचिदिएपछि निर्देशक बोहराले अहिले अमेरिका देखी नेपाल आएर तनाव झेलिरहेका छन्।

mutu-bohara
बजारमा ‘मुटु’ चर्चाले स्थान नपाएको समयमा रिलिज मिति नजिकिएको छ। विदेशको रिलिजमा पाएको प्रतिक्रियालाई प्रचारको मेरुडण्ड बनाएका बोहराले नेपालको लागि नेपालमै रहेका नेपाली दर्शकसामु आफ्नो चलचित्रलाई चिनाउन सकेका छैनन्। युवा-युवतीको प्रेमकथालाई मुल बिषय बनाईएको मुटु प्रचारमा कलाकारको साथ पनि देखिएको छैन।

१४ बर्षपछि निर्देशनमा आएका बोहराको नाम फ्रेस दर्शकको लागि नयाँ हुनुपनि ‘मुटु’ हराउनुमा अर्को कारण हो। यतिबेला ‘मोक्ष’ र ‘झोला’को चर्चा माथी हुँदा माघ २४ को रिलिज मितिलाई पनि हेरफेर गर्दा पनि भगौडापन  हुने देखिएकोले बोहरा थप तनावमा रहेको उनिनिकट श्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu