पुरुष वेश्याको माझमा जियाको हालत के होला ?



[dropcap]जि[/dropcap]या केसी, नेपाली सिने नगरीमा यो नाम नयाँ होईन । यो नाम सुन्नासाथ चिन्ने धेरैले जिब्रो भने टोक्छन् । चलचित्र ‘एटिएम’ देखी ‘बर्बाद’ तथा अन्य विभिन्न चलचित्रमा जियाले अहिले सम्म कुनै पनि नेपाली नायिकाले नदिएका हट दृश्यहरु दिँदै आएकी छिन् । कथाले मागेको सबै कुरा दिन तयार हुन्छु भन्ने जिया अभिनित अर्को चलचित्र अब प्रदर्शनको मुखमा छ । त्यो चलचित्र हो ‘जीगोलो’ ।

Jiya-kc-Gigolo
यादव सिलवालले निर्देशन गरेको यो चलचित्र आगामी फागुन १६ गतेबाट प्रदर्शनमा आउँदै छ । यो चलचित्रले पुरुष बेश्याहरुको कथा बोल्ने छ । यो चलचित्रमा जियासँगै प्रभावकर श्रेष्ठ, महिमा सिलवाल राजु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र रिलिज हुँदासम्म कस्ता झन्झट ब्यहोर्न पर्ने हो, समयले पक्कै बताउनेछ । निकै उत्तेजक या भनौं सेन्सर बोर्डको भाषामा समाजमा नै पच्न नसक्ने दृश्य दिएकी ‘एटिएम तथा बर्बाद गर्ल’ जियाले यो चलचित्र पनि सोही परिवेशमा बनेको हुँदा कस्तो अभिनय गरेकी होलिन् भन्ने धेरैको अनुमान हुन सक्छ । धेरैको अनुमान भने यसअघिका चलचित्र तिनै दृश्यका कारण प्रदर्शनमा नआएकोले यो चलचचित्रमा भने जियाले प्रदर्शनमा ल्याउने खालको दृश्य दिएकी हुनसक्ने छ ।

रत्न कार्कीले खिचेको यो चलचित्रमा संगित अर्जुन पोखरेलको रहेको छ । चलचित्र ‘म्यागनोलिया फिल्मस् इन्टरटेन्मेन्ट’को ब्यानर तथा राजु श्रेष्ठको निर्माणमा तयार भएको हो । ‘जीगोलो’मा प्रितम पाण्डेको सम्पादन तथा अजय स्यान्तानको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu