सामाजिक सञ्जालबाट यसरी लोकप्रिय बन्दैछ ‘मोक्ष’ | फोटो फिचर



जब गत बिहिवार ‘मोक्ष’ च्यारिटी भयो त्यपछि सो चलचित्रले एकाएक उचाई लिन थाल्यो। अपाङ्गता भएका व्यक्तिहरुको सहयोगको लागी आयोजित च्यारिटीमा पत्रकार पनि डाकिएको थियो।

जब प्रायः पत्रकारको मनमा ‘मोक्ष’ले बास बसायो तब सुरु भयो यो चलचित्रको बिगबिगी। सामाजिल सञ्जालबाट द्रुत चर्चा पाईरहेको ‘मोक्ष’ले उल्लेख्य पत्रपत्रिका, अनलाइन, रेडियो तथा टिभिमा गतिलो समाचार बन्यो। माघ २४ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई निर्देशक स्वयंको यथार्थ कथामा बनाईएकोले पनि यो अझ रोचक र गम्भिर बनेको प्रतिक्रिया आयो।

mokshya1
चाहेर पनि नराम्रो भन्न नसक्नेहरुका लागि पनि यो चलचित्रले सकारात्मक भाईब्रेशन प्रदान गर्‍यो। यतिबेला मोक्षको चर्चाले निर्माता-निर्देशक दंग छन्। सोचेभन्दा धेरै सकारात्मक प्रतिक्रिया पाएको फिल्म युनिटले बताएको छ। यतिबेला सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर लगाएतमा ‘मोक्ष’को चर्चाले कतिसम्म स्थान पाएको छ यो उल्लेख गरिरहनु आवश्यक छैन।

कोशिश क्षेत्री, बेनिसा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई प्रबिण श्रेष्ठले निर्देशन गरेका छन्। वितरक तथा निर्माता सुनिल मानन्धरले निर्माण गरेको यो चलचित्रको सामाजिक सञ्जालमा लत यति बसिसकेको छ की धेरैको फेसबुक प्रोफाईलमा मोक्षको शिर्षक अंकित छ। यतिमात्र नभएर विभिन्न फोटोग्राफहरुबाट मोक्षले ठुलै चर्चा पाएको छ।

mokshya2
‘मोक्ष’को प्रचारमा लागेकी नायिका निशा अधिकारीले आफ्नो टिसर्टमा ‘मोक्ष’को लोगो राखेर फेसबुकमा राखेपछि अन्य थुप्रैले पनि त्यसै गरेका थिए। सोहि कुरालाई आधार मान्दै टिसर्ट किन्नेहरु नै पाईएपछि सयौँको संख्यामा ‘मोक्ष’ लोगो अंकित टिसर्ट पनि तयार पारिएको छ।

‘मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्’को व्यानरमा तयार भएको यो चलचित्रमा कलेज पढ्ने चार केटाहरुको एउटा सांगीतिक समूह र यो समूहमा आबद्ध एक मुख्य सदस्यको मेरुदण्ड पक्षघात पश्चात हुने घटनाक्रमलाई देखाउन खोजेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu