विदाको मौका छोप्दै प्रोड्युसर’ बिहिवार नै मोफसलमा



आरसि पिक्चर्स प्रालीको ब्यानरमा राजकुमार राईले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘प्रोड्युसर’ उपत्यका बाहिरका हलहरुमा बिहिवारबाट नै प्रदर्शनमा आउने भएको छ । माघ १७ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो चलचित्र बिहिवार सार्वजनिक बिदा परेको कारण त्यहि मौका छोप्दै मोफसलमा प्रदर्शनमा आउन लागेको हो ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममाचलचित्रका निर्माता राईले आफ्नो चलचित्र पुर्णतः हाँसो नै हाँसोको खुराक भएकोले कुनै चलचित्र हेरेर मनोरञ्जन लिन्छु भन्नेहरुलाई एकपटक ‘प्रोड्युसर’ हेरिदिन आग्रह गरे । त्यस्तै चलचित्रका प्रस्तुतकर्ता तथा अर्का निर्माता ज्योतिराज राईले पनि पुर्णतः कमेडी रहेको भन्दै हलसम्म पुग्ने दर्शकलाई यसका कलाकारहरुले पुर्णतः न्याय गर्ने दाबी गरे ।

producer
चलचित्र क्षेत्रकै कथावस्तुलाई पर्दामा उतारेका निर्देशन जनकदीप पराजुली यो चलचित्रको प्रचार-प्रसारको लागी विदेशमा रहेकोले उक्त कार्यक्रममा उपस्थित थिएनन् ।
कार्यक्रममा चलचित्रका नायक श्याम अर्याल तथा नायिका श्वेता भट्टराईले यो चलचित्र ‘प्रोड्युसर’मा आंफुहरुले सक्दो मेहनत गरेको भन्दै दर्शकबाट पनि राम्रो साथ पाउने बिश्वास व्यक्त गरेका थिए ।

यो चलचित्रमा श्याम र श्वेता सँगै, बाबु बोगटी, विल्सन बिक्रम राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । पछिल्लो समय कमेडी बेसको चलचित्र ‘छ एकान छ’लाई दर्शकले अत्याधिक साथ दिईरहँदा यो चलचित्र पनि कमेडी नै रहेकोले यसलाई कतिसम्मको साथ दिन्छन त्यो भने दुई-तीन दिन पछी नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu