सामाजिक पृष्ठभुमीमा करणको ‘चाल’ | दोलखामा छायांकन हुँदै



[one_half last=”no”]karan-krazy
[dropcap]ने[/dropcap]पाली चलचित्र उद्योगमा कलाकार, निर्माता हुँदै वितरकको सम्म छवी बनाएका करण श्रेष्ठ ‘क्रेजी’ यतीबेला तेस्रो चलचित्रको निर्माणमा जुटेका छन् ।

यसअघी चलचित्र ‘ॐ’ र ‘जञ्जिर’ निर्माण गरेका करणको तेस्रो चलचित्र ‘चाल’ को अहिले दोलखामा छायांकन चलिरहेको छ ।

यो चलचित्रको गत मंगलवार दोलखाको शैलेश्वरीस्थित भैसेमा शुभ मुहुर्त गरिएको थियो । [/one_half]

यसअघी आफुले निर्माण गरेका कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न नसकेर फ्लप चलचित्रको सुचीमा परेको अबस्थामा पनि किन पुनः चलचित्र निर्माणमा लागेको भन्ने प्रश्नमा करण आफ्नो लागी नेपाली चलचित्र नै सबथोक भएको र नशा-नशामा अनि मन मुटुमा नेपाली चलचित्र बसिरहेकोले नेपाली चलचित्र उद्योगबाट बाहिर जान नसक्ने भन्दै पुनः अर्को चलचित्र निर्माणमा लागेको बताउँछन् ।

चलचित्र ‘चाल’ अरु चलचित्र जस्तो नभई नेपाली चलचित्रउद्योगमा सफल चलचित्रको दर्जामा अट्ने तथा यसले नै आफुलाई एक सफल निर्माताको रुपमा चिनाउने विश्वास उनले लिएका छन् ।  यो चलचित्र ‘चाल’लाई रुपेश उप्रेतीले निर्देशन गरिरहेका छन् । राजु केसी प्रस्तुतकर्ता रहेको यो चलचित्र ‘सुर श्रंगार फिल्म प्रालि’को व्यानरमा तयार हुन लगेको हो । ”

चलचित्रमा विशाल विष्ट, श्रीदेव भट्टराई, दिपाशा बिसी, विक्रम थापा, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रमा द्धन्द्ध कुमार महर्जनको रहने छ । यो चलचित्र सामाजिक पृष्ठभुमीमा आधारित रहने निर्माता करणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu