फागुन ३० मा थाहा हुन्छ मर्नुको कारण के हो !



युवा निर्देशक विक्रम थापाले डेब्यु निर्देशन गरेको चलचित्र ‘आई ह्याव रिजन टु डाई’ प्रदर्शनको लागी तयार भएको छ । कलेज पढ्दै गरेका किशोरावस्थाका युवा युवतीहरुको कथालाई मुख्य विषयवस्तु बताएर निर्माण गरिएको यो चलचित्र आउँदो फागुन ३० गतेबाट अलनेपाल रिलिज हुने तयारीमा छ ।

यो चलचित्रलाई ‘ब्लयाकपल मुभिज प्राली’को व्यानरमा अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा निर्माण गरेका हुन । सबैजसो नयाँ टिम रहेको यो चलचित्रमा नवनायक कृष्ण पराजुली, सुस्मिता ढकाल, आशिष न्यौपानेको मुख्य अभिनय रहेको छ ।

resn-to-die
चलचित्र ‘आई ह्याव रिजन टु डाई’लाई नरेन्द्र वाग्लेले सह-निर्देशन गरेका छन । निरज श्रेष्ठ र राजेश थापाले खिचेको यो चलचित्रमा संगित प्रतिक थापाको रहेको छ भने चलचित्रमा समाबेश गीतहरुमा स्वर अनुभुती गुरुङ र विकेश के शंकरको रहेको छ । विकेश ‘भ्वाईस अफ टिन’मा तेस्रो हुन सफल कलाकार तथा गायक हुन ।

यो चलचित्रको कथा मन्दिप गौतमले लेखेका हुन । काठमाडौं सहित बिराटनगर तथा कोशी ब्यारेजमा यो चलचित्रका दृस्यहरु लिइएको छ । चलचित्रमा अन्य चलचित्रको भन्दा पृथक कहानी समाबेश भएको र युवाअबस्थाको बिधार्थीहरुको कथा जोडिएकोले बिशेषतः युवा बिधार्थीहरुले हेर्नै पर्ने बनेको निर्देशक थापाले बताए । तर उनले यो चलचित्र पुर्णतः फरक धारमा बनेको भन्न भने मनिल्ने उनको भनाई छ ।

पछिल्लो समय बनेका धेरै जसो चलचित्र दर्शकको रोजाईमा नपरिरहेको अवस्थामा विल्कुलै नयाँ टिमले नयाँ अनुभव बटुल्दै तयार गरेको यो चलचित्र ‘आई ह्याव रिजन टु डाई’ले कति सम्म दर्शकको मन जित्न सक्छ त्यो भने समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu