मनले मनलाई छोएपछि गरिमा र विरेनलाई के भयो ?



नेपाली कथानक चलचित्र ‘मनले मनलाई छुन्छ’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । यु्ट्युब मार्फत यो चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो । चितवनको रमणिय ठाउँ राईनो ताल, ठिमुरा, धुलिखेल लगायतका ठाउँमा छायांकन गरिएको यो गीतमा नायक विरेन श्रेष्ठ र नायिका गरिमा पन्तले कम्मर मर्काएका छन् । गायिका माण्डबी त्रिपाठीको आवाजमा बसन्त सापकोटाको संगीत रहेको यो गीतको शब्द बाबुराम दाहालले लेखेका हुन् ।

चलचित्रमा नायक बिरेन श्रेष्ठको र सुनिल सिटौलाको लगानी रहेको छ भने निर्देशक स्व. शिव रेग्मीको निर्देशनमा यो चलचित्र तयार भएको हो । यो चलचित्र नै निर्देशक रेग्मीको निर्देशनमा तयार भएको रिलिज हुन बाँकी अन्तिम चलचित्र हो ।

पारिवारिक प्रेमकथामा आधारित रहेको  ‘मनले मनलाई छुन्छ’ चैत्र २८ गते अल नेपाल रिलिज हुनेछ । यो चलचित्रले प्रर्दशनको लागि डेढ बर्ष कुरेपछि बल्ल हल पाएको हो । प्रेम रोमान्स, कमेडी र एक्सन सबै कुरा चलचित्रमा हेर्न पाईनेछ ।

manle-manlai-chhunchha

‘चलचित्रले नाम जस्तै सबै दर्शकको मनलाई पनि छुनेछ भन्ने विश्वास लिएको छु’ चलचित्रका नायक तथा निर्माता विरेन श्रेष्ठले भने ‘त्रिकोणात्मक प्रेम कथा बोल्ने यो चलचित्र पारिवारिक चलचित्र हो ।’ स्व निर्देशक शिव रेग्मीले आफुलाई ठुलो जिम्मेवारी दिएर गएको सुनाउदै उनले भने “शिव दाई प्रतिको असली श्रदाञ्जली तब हुन्छ जब हामीसबैले यो चलचित्रलाई माया गर्छौ ।”

चलचित्रमा बसन्त सापकोटाको संगीत, हिमाल केसीको द्वन्द, मौनता श्रेष्ठ र शिव रेग्मीको कथा रहेको छ । चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन भने शम्भु सापकोटाले खिचेका हुन् । चलचित्रका कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

मिराकल मिडिया प्रालिको प्रस्तुती चलचित्र ‘मनले मनलाई छुन्छ’ मा विरेन र गरिमासँगै सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, र्सिजना बस्नेत लगायतलाई देख्न पाईनेछ । यो चलचित्रमा चितवन काठमाण्डौ, ललितपुर र धुलिखेलका मनोरम दृश्यहरुलाई हेर्न पाईनेछ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu