निर्देशक बोहराले ‘बा’ बनाउने



‘भैरे’ चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराले बाबुको मुख हेर्ने दिनको अवसर पारेर भदौ ३ गते चलचित्र विकास बोर्डमा ‘बा’ नामक चलचित्र दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि आउँदो मंसिरमा छायांकन थालिने चलचित्रमा बाबुको संघर्ष, त्याग र बलिदान प्रस्तुत गरिने बताइएको छ । लकडाउनको समयमा निर्देशक बोहराले चलचित्रको कन्सेप्ट तयार पारेका हुन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण हुने ‘बा’ को प्रदर्शन भने अर्को वर्षको बाबुको मुख हेर्ने दिनमा गर्ने निर्माण टिमको लक्ष्य छ । पटकथा सह लेखनमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् । लम्जुङ र मनाङका विभिन्न स्थानमा खिचिने चलचित्रका कलाकारको छनौट कार्य भइरहेको निर्देशक बोहराले बताए । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

चलचित्रका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहनेछ । ‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहरा भन्छन्, ‘वर्षौदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्वलाई चलचित्रबाट दर्शाउने छु ।’ बोहरा निर्देशित पछिल्लो चलचित्र ‘हेलो जिन्दगी’ को हाल पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu