परिकला मिडिया प्रालीले कोरोना त्रासका बीच ‘टिकटक तीज क्विन-२०७७’ प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । फरक कन्सेप्टमा गरिएको प्रतियोगिताको विजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै, बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटी गर्ल इजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् ।
त्यस्तै, उक्त प्रतियोगितामा जन्मजात अपाङ्ग हेटौंडाकी देवि ढुङेलको पनि सहभागिता जनाएकी थिइन् । उनको त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमले २५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत गरेको छ । डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा सांगीतिक माहोलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो । राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए ।

उक्त लाईभ कार्यक्रमबाट विजेताहरु घोषणा मात्र गरिएको थियो । पुरस्कार वितरण भने कोरोनाको महामारीपछि एक औपचारिक कार्यक्रम आयोजना गरेर प्रदान गरिने प्रतियोगिताको कन्सेप्ट डिजाइनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए । डिथ्री फोटोग्राफी फेसबुक पेजबाट गराइएको प्रतियोगितामा २६ जनाको सहभागीता रहेको थियो ।
सो पेजमा राखिएको प्रतिस्पर्धीको टिकटक भिडियोमा आएको लाइक, शेयर र भ्युजको आधारमा विजेता र उप-विजेताहरु घोषणा गरिएको र सब टाईटल आयोजकको मुल्यांकनको आधारमा गरिएको कार्यक्रमकी कोअर्डिनेटर संगीता चौधरीले बताइन् । लाईक, शेयर र भ्युजलाई भोटमा कन्भर्ट गरिएको थियो । जसअन्तर्गत विजेताले ४ हजार ३ सय ३ भोट, फर्स्ट रनरअपले ४ हजार ११ भोट र सेकेन्ड रनरअपले २ हजार ९६ भोट प्राप्त गरेका थिए ।
विजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन् । त्यस्तै, अन्य सम्पूर्ण सहभागीहरुले प्रमाणपत्रका साथै मेकअप कोर्षमा ५० प्रतिशत छुट पाउनेछन् ।