भोलाराजको महिला अवतार



कोरोनाका कारण चलचित्रको निर्माण रोकिँदा कलाकारहरुलाई अभिनयको तलतल लागिरहेको छ । लकडाउन खुकुलो भएपछि कतिले म्यूजिक भिडियोमार्फत् अभिनयको न्यास्रो मेटाए । कतिलाई भने टिकटक साथी बन्यो । लकडाउनपछि घरमै सीमित भएका कलाकार भोलाराज सापकोटाले भने तीजको दिन पर्दामा कहिल्यै निर्वाह गर्न नपाएको महिलाको चरित्रमा आफूलाई ढालेका छन् ।

तीजको दिन महिलाहरु रातो साडी, चुरा, गहना र श्रृंगारले चिटिक्ट परेर व्रत बस्ने गर्दछन् । कलाकार सापकोटाले भने रमाइलोका लागि रातो साडी र गलामा पोते लगाएर तस्बिर खिचेका छन्, जुन उनले शनिवार आफ्नो फेसबुकमा शेयर गरेका छन् । उनले साडी लगाएर महिलाको अपमान नगरेको भन्दै लकडाउनको समयमा आफूलाई आएको चकचक भनेर उल्लेख गरेका छन् ।

कलाकार सापकोटाले महिलाको पहिरन लगाएर तस्बिर खिचाउनुले पर्दामा पनि उनलाई महिला अवतारमा प्रस्तुत हुने इच्छा रहेको अनुमान लगाउन सकिन्छ । उनको यो पोस्टमा धेरैले सुहाएको भन्दै प्रतिक्रिया जनाएका छन् । थिएटर हुँदै चलचित्रमा प्रवेश गरेका उनले बलिउड चलचित्रमा समेत अभिनय गरिसकेका छन् । उनी पछिल्लो पटक चलचित्र ‘चच हुईं’ मा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu