कालिकोटका बाढी पीडितलाई पलले गरे सहयोग



अभिनेता पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन् । बुधवार हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग वितरण गर्न सानो टोलीसहित पल काठमाडौंबाट कालिकोट पुगेका हुन् । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बावजूद पल कालिकोट पुगेका हुन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरालगायत सहयोग गरेको हो । नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

पलले भनेका छन्, ‘कोभिड १९ सँग जुधिरहेका विपन्न नागरिकले प्राकृतिक विपद्को पनि एकैचोटी सामना गर्नु परेपछि हामीले सक्ने सहयोग सामग्री लिएर कालिकोट पुगेका हौं । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेका हौं ।’ यसअघि उनले चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu