अर्को वर्षको भदौमा ‘चिसो मान्छे’



‘पशुपति प्रसाद र आमा’ जस्ता उम्दा चलचित्र दिएर दर्शकको विश्वास जितेका निर्देशक दीपेन्द्र के. खनालले गएको महिना कोरोना महामारीपछि छायांकन सुरु गर्ने योजनासहित एकसाथ दुई चलचित्र ‘चिसो मान्छे र लकडाउन’ को घोषणा गरे । यी दुईमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनयता निर्देशक खनाल यही चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् ।

कोरोनाको संक्रमण चाँडै नियन्त्रणमा आउने आश राख्दै उनले चलचित्र क्षेत्र चलाउनमा बनाउनका लागि ‘चिसो मान्छे’ को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन् । यसबीच, ‘आमा’ निर्मात्री सर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रको शनिवार एक थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा उल्लेख भए अनुसार, अर्को वर्षको भदौ ११ गते चलचित्र प्रदर्शनमा आउने छ ।

‘चिसो मान्छे’ सामाजिक विषयवस्तुमा आधारित हुने दीपेन्द्र बताउँछन् । ‘लकडाउनपछि घरमै बसेर स्क्रिप्टमा काम गरिरहेको छु । अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने हाम्रो तयारी हो,’ उनले भने, ‘हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यही विषयलाई चलचित्रमा उठाउने प्रयास गर्दैछु ।’ चलचित्रलाई उनी आफैंले खिच्नेछन् । अहिलेसम्म कलाकार छनौट भने भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu