स्वास्थ्यकर्मीलाई सम्मान गरौं : वर्षा



शनिवार बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरेपछि अहिले सामाजिक सञ्जालमा उक्त घटना अमानवीय र असभ्य भएको भन्दै टिका-टिप्पणी भइरहेको छ । नेपाली चलचित्रकर्मीहरुले पनि स्वास्थ्यकर्मीमाथि भएको त्यसप्रकारको दुर्व्यवहारको निन्दा गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यो कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई सम्मान गर्न आग्रह गरेकी छन् । मानवताको नाताले भए पनि अहिले एक​अर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।

वर्षाले लेखेकी छन्, ‘यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​। यस्तो जटिल परिस्थितिमा एकअर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu