सौगात र अर्पणसँग दयाहाङको मित्रता



चलचित्र क्षेत्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मित्रतालाई उदाहरणको रुपमा लिने गरिन्छ । थिएटर पृष्टभूमिका यी दुईले अभिनय करिअरको सुरुवात लगभग एकै समयमा गरेका थिए । चलचित्र ‘लुट’ पछि एकाएक लाइमलाइटमा आएका उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी समेत भन्ने गरिन्छ । तर, यस प्रकारका चर्चाले उनीहरुको सम्बन्धमा भने कुनै तिक्तता आएको छैन ।

दयाहाङ र सौगातले ‘लुट’ सिरिजसँगै ‘लप्पन छप्पन’ र ‘कबड्डी कबड्डी’ चलचित्रमा एकसाथ काम गरेका छन् । दयाहाङले सौगातलाई लिएर चलचित्र ‘माछा माछा’ समेत निर्माण गरेका थिए । संघर्षका दिनदेखि एकअर्कासँग नजिक रहेका उनीहरु फिल्म ‘लप्पन छप्पन’ को दोस्रो पार्टमा सँगै काम गर्ने तयारीमा थिए । चलचित्रको छायांकनका लागि उनीहरु यूरोप पनि पुगेका थिए ।

तर, यूरोपमा छायांकन हुन नसकेपछि दयाहाङले चलचित्रबाट हात झिके । उनले मंगलवार आफ्नो इन्स्टाग्राममा सौगात र अर्का अभिनेता अर्पण थापासँग यूरोपमा खिचेको एक तस्विर शेयर गर्दै ‘उहिले हामी’ भनेर लेखेका छन् । अभिनयमा पारंगत मानिने तीन अभिनेता एउटै फ्रेममा देखिएकोमा दर्शकहरुले खुसी व्यक्त गरेका छन् । तस्विरहरुमा उनीहरुबीचको घनिष्ट मित्रता झल्किन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu