स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सम्मान गरौं : रेखा थापा



नेपालमा कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिरहेको छ । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि आम मानिसमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ । संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । यो अवस्थामा सबैलाई सावधानी अपनाएर घरमा बस्न सरकारले आग्रह गरिरहेको छ ।

अहिले समाजमा कोरोना संक्रमितलाई ठूलो अपराध गरेजस्तो व्यवहार गर्ने प्रवृति देखिन थालेको छ । उनीहरुलाई घृणाको नजरले हेर्ने गरिन्छ । संक्रमित कोही रहरले हुँदैन र संक्रमित हुनु अपराध गर्नु पनि होइन । तर, समाजमा अपराध गरेझैं संक्रमितलाई दुर्व्यवहार गरेका खबरहरु बाहिर आइरहेका छन् । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार हुने गरेको छ ।

अभिनेत्री रेखा थापाले संक्रमितलाई सबैले माया गर्न आग्रह गरेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (सावधानी साथ) । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’ स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई उच्च सम्मान गर्न पनि उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu