‘हुतुतु’ मा बेनिशा ?



अभिनेत्री बेनिशा हमालले पछिल्लो रिलिज चलचित्र ‘घर’ पछि नयाँ चलचित्रमा काम गरेकी छैनन् । लकडाउन हुनुभन्दा अगाडि उनी भारतको मुम्बईमा बसेर चलचित्र मेकिङको अध्ययन गरिरहेकी थिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि नेपाल फर्किएकी उनी स्थिति सामान्य भएपछि चलचित्र ‘झ्यानाकुटी २’ मा काम गर्दैछिन् । यसमा उनले सौगात मल्लसँग रोमान्स गर्नेछिन् ।

एक दशक लामो अभिनय करिअरमा उनले एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । तर, उनी अभिनीत कुनै चलचित्रले बक्सअफिसमा सुखद व्यापार गर्न सकेका छैनन् । यसकारण पनि उनलाई ‘अनलक्की नायिका’ भन्ने गरिएको छ । यो छाप मेट्नका लागि उनलाई एक हिट चलचित्रको खाँचो छ । यसबीच, उनले चलचित्र ‘हुतुतु’ मा काम गर्न लागेको चर्चा चलेको छ ।

शनिवार ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको जन्मदिनमा उनी पनि पुगेकी थिइन् । निर्माता सेनलाई बर्थडे केक खुवाएको तस्विर सार्वजनिक भएपछि बेनिशाले कमेडी चलचित्र ‘हुतुतु’ मा काम गर्न लागेको अड्कलबाजी गरिएको छ । यस विषयमा निर्माता सेन भन्छन्, ‘उहाँ साथीसँग मेरो बर्थडे सेलिब्रेसनमा आउनुभएको थियो । चलचित्रको बारेमा उहाँसँग कुनै कुरा भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu