२२ वर्षमा टेके आशिरमान



अभिनेता आशिरमान देशराज जोशी सोमवारबाट २२औं वर्षमा प्रवेश गरेका छन् । २०५५ साल भदौ १५ गते रविना देशराज श्रेष्ठ र भावेन्द्र जोशीको कान्छो सन्तानको रुपमा काठमाडौंमा जन्मिएका उनलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले बर्थडे केक काटेका केही तस्विरहरु इन्स्टाग्राममा शेयर गरेका छन् ।

नेपाली चलचित्रका ह्यान्डसम तथा स्टाइलिस अभिनेताको रुपमा चिनिने उनको शहरीया युवापुस्तामा राम्रो क्रेज छ । विशेषगरि युवतीहरु उनका डाइहार्ट फ्यान छन् । उनले हेमराज विसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लूज’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । यो चलचित्रमा काम गर्दा उनी १८ वर्षका थिए । तर, उनले डेब्यू चलचित्रबाट हिटको सुख प्राप्त गर्न सकेनन् ।

यो चलचित्र रिलिजको २ वर्षपछि उनले दोस्रो पटक निर्देशक हेमराज विसीसँग फिल्म ‘द ब्रेकअप’ मा काम गरे । तर, यो चलचित्र पनि बक्सअफिसमा टाँट पल्टियो । लगातार दुई चलचित्रको खराब नतिजाले हच्किएका उनले डेढ वर्षयता कुनै चलचित्र साइन गरेका छैनन् । आशिरले आफूलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu