‘पारस’ को स्क्रिप्टमा अनमोलको मिहेनत



नेपाली चलचित्रका अहिलेका हटकेक अभिनेता अनमोल केसी चैत पहिलो साताबाट भएको लकडाउनभन्दा अगाडि झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । लकडाउन भएपछि चलचित्रको छायांकन रोकियो । यो चलचित्रपछि उनी ‘पारस’ का लागि समय निकाल्ने तयारीमा थिए । तर, कोरोना भाइरसको महामारीले उनको योजना भताभुङ्ग भयो ।

लकडाउन खुकुलो भएपछि केही कम्पनीका विज्ञापनमा काम गरेका अनमोलले काठमाडौंमा निषेधाज्ञा लागू भएपछि घरमै बसेर चलचित्र ‘पारस’ को स्क्रिप्टलाई बलियो बनाउनका लागि मिहेनत गरिरहेका छन् । उनी भन्छन्, ‘दर्शकको मप्रति ठूलो आशा र विश्वास छ । त्यसैले स्क्रिप्टलाई अझै बलियो बनाउन मिहेनत गरिरहेका छौं । स्क्रिप्टमा अहिलेसम्म भएको कामबाट सन्तुष्ट छु ।’

सुपर काजल फिल्मस्बाट निर्माण हुने चलचित्रलाई ‘लुट’ जस्तो सफल चलचित्र निर्माण गरेका माधव वाग्लेले निर्देशन गर्दैछन् । उनले यही चलचित्रबाट निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेपछि ‘पारस’ फ्लोरमा जानेछ । यो चलचित्रको स्क्रिप्ट उनलाई निकै मन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu