अभिनेता किशोर खतिवडाले पहिलो पटक निर्देशनमा हात हालेको चलचित्र ‘एल हाउस’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा लकडाउनको समयमा आम जनताले जीविको पार्जनका लागि गर्नुपरेको संघर्ष देखाइएको छ । तर, ट्रेलर अत्यन्त कमजोर बनेको छ । कलाकारहरुको अभिनय पनि नाटकीय लाग्छ । चलचित्रको मेकिङ उस्तै कमजोर छ । चलचित्रको कथा किशोर स्वयंले तयार पारेका हुन् ।

लकडाउनको समयमा छायांकन गरिएको चलचित्रमा किशोरसँगै रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, बसन्त बर्मालगायतको अभिनय छ । स्थिति सामान्य भएपछि प्रदर्शन हुने बताइएको चलचित्रमा दिवश गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको कोरियोग्राफी र सुवास देवकोटाको सम्पादन छ ।
शत्रुधन अन्सारी तथा राम महर्जनले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता कला राई हुन् । चलचित्रका गीतमा शब्द तथा संगीत इश्वर खड्का र छायाँ प्रसाईँको छ । ‘लंका’, ‘रावण’, ‘उवर्शी’ लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका किशोरले संख्यात्मक अभिनयमा जोड दिन थालेपछि सफलता प्राप्त गर्न सकेका छैनन् । ‘किस्मत २’ पछि उनी अभिनीत कुनै चलचित्र सफल छैनन् ।
ट्रेलर :-