‘कौसी क्वीन’ फोटो प्रतियोगिता हुने



कौसी खेती प्रवद्र्धनका लागि वागमति प्रदेश स्तरीय ‘कौसी क्वीन-२०७७’ फोटो प्रतियोगिता हुने भएको छ । प्रज्ञान क्रियशन प्रा.लि.द्वारा सञ्चालित हलोखबर डटकमले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताले कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापन क्षेत्रलाई समेटेको छ ।

यस प्रतियोगितमा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीनवटा फोटो र भिडियो पठाउनु पर्नेछ । प्रज्ञान क्रियशन प्रालिका प्रबन्धक मनोज श्रेष्ठलेका अनुसार, फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । नेपाली वा अंग्रेजी जुनै भाषामा भएपनि फोटोहरु पठाउँदा स्पष्ट फोटो तथा ठूलो साइजको इमेलमार्फत पठाउनु पर्ने प्रावधान राखिएको छ ।

यस प्रतियोगितामा सहभागि हुनका लागि कुनै शुल्क नलाग्ने हलोखबर डटकमले जनाएको छ । साथै यस प्रतियोगितामा वागमती प्रदेशका नागरिकले मात्र सहभागी हुने पाउनेछन् । छनौट विधि प्रतियोगि छनौटका लागि आयोजकले विभिन्न विधि तय गरेको छ । जसमा हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले लाइक, कमेन्ट, शेयर धेरै गर्ने र गर्न लगाउने तथा निर्णायक मण्डलले नम्बर दिएको आधारमा उत्कृष्ट छनौट हुनेछन् ।

फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ त्यसको आधारमा ६५ तथा निर्णायकको तर्फबाट ३५ प्रतिशतसम्म नम्बर दिन पाउनेछन् । फोटो भदौ १६ गतेदेखि असोज मसान्तसम्ममा आफ्ना कौसीमा खिचिएका उत्कृष्ट तस्बिर पठाउन सक्नेछन् । कात्तिक १ गते सबै प्रतियोगिको फोटो एकैसाथ हलोखबर डट कमको फेसबुक पेजमा पोस्ट गरिनेछ ।

यसको नतिजा मंसिर १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट पुरस्कार विजेतालाई ५५ हजार ३५० रुपैँया बराबरको कौशी खेती गर्ने विभिन्न समाग्री प्रदान गरिनेछ । विद्यागत पुरस्कार अन्तर्गत तरकारी खेतीतर्फ २५ हजार ३५० रुपैयाँ बराबरको कौशी खेतीका विभिन्न सामाग्री, दोस्रो पुरस्कार १६ हजार ८५० रुपैयाँ बराबरका कौशी खेतीका विभिन्न सामाग्री, तेस्रो पुरस्कार १० हजार ५० रुपैयाँ बराबारको कोशी खेतीका विभिन्न समाग्री रहने आयोजकले जनाएको छ । साना फलफूल तथा पुष्प खेती व्यवस्थापन विधातर्फ प्रथम पुरस्कार सात हजार, दोस्रो पुरस्कार छ हजार र तेस्रो पुरस्कार पाँच हजार रुपैयाँको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu