एपेक्स कलेजले ‘सिनेमा हलमा कोरोना प्रभाव’ बारे संवाद गर्दै



कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । चलचित्र निर्माण नहुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । कलाकारहरु पनि बेरोजगार भएका छन् । निर्माण भइसकेको चलचित्र प्रदर्शन हुन नसक्दा निर्मातालाई आर्थिक भार थपिएको छ भने अधुरैमा छायांकन रोकिँदा लाखौं क्षति भएको छ ।

कोरोनाका कारण सबैभन्दा ठूलो असर सिनेमा हललाई परेको छ । करोडौं खर्च गरेर खोलिएका सुविधा सम्पन्न हलहरु बन्द हुँदा हल सञ्चालकहरु चिन्तित छन् । कोरोना महामारीपछि पनि लामो समय सिनेमा हलले दर्शकको अभाव खेप्नुपर्ने देखिन्छ । किनकि, स्थिति सामान्य भएपछि मानिसहरु पहिला आफ्ना आवश्यकता पूरा गर्न लाग्नेछन् । त्यसपछि मात्र मनोरञ्जन खोज्नेछन् ।

कोरोनाले सिनेमा हललाई पारेको प्रभाव र कोरोना कहरपछि सिनेमा हललाई पुरानै लयमा फर्काउन के गर्नुपर्छ भन्ने विषयमा एपेक्स कलेजले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालकमध्ये एक भाष्कर ढुंगानासँग भर्जुअलमार्फत संवाद गर्ने भएको छ । ‘एपेक्स टक’ नाम दिइएको संवादमा शंकर श्रेष्ठले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दैछन् ।

आउँदो शुक्रवार दिउँसो साढे ४ बजेदेखि साढे ५ बजेसम्म एक घण्टा ‘एपेक्स टक’ नाममा खोलिएको फेसबुक पेजबाट भाष्कर ढुंगानासँग प्रत्यक्ष संवाद हुनेछ । यो बहसमा कोरोनाले सिनेमा हललाई परेको प्रभाव र यसबाट उठ्न के गर्नुपर्छ भन्ने विषयमा चर्चा हुने एपेक्स कलेजले बताएको छ । उक्त संवादमा कोरोनाले सपिङ हलमा परेको असरको बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu