दिनेश राउत निर्देशित तथा सुवास थापा निर्मित चलचित्र ‘प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सावित भएको थियो । यसका गीतसंगीत पनि दर्शकहरुले अत्याधिक रुचाएका थिए । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत केन्द्रित भूमिकामा थिए । चलचित्रले सन्तान नभएपछि दाम्पत्य जीवनमा आउने उतार-चढावको कथा वाचन गरेको थियो ।

अहिले निर्माता सुवास थापा ‘प्रसाद’ को दोस्रो श्रृंखला निर्माणमा जुटेका छन् । कोरोनाको महामारी अन्त्यपछि छायांकनमा जाने गरि अहिले लेखक शुशील पौडेल स्क्रिप्टमा काम गरिरहेका छन् । ‘प्रसाद’ को कथा पनि उनैले तयार पारेका थिए । चलचित्रमा निर्देशक भने परिवर्तन भएका छन् । सौरभ चौधरीले दिनेश राउतलाई रिप्लेस गर्दै चलचित्र निर्देशनको जिम्मेवारी पाएका छन् ।
‘प्रसाद २’ मा विपिन, नम्रता र निश्चल दोहोरिने सम्भावना न्यून रहेको चर्चाका बीच विपिन र नम्रता चलचित्र गर्न राजी भएका छन् । लेखक पौडेलका अनुसार, केही दिनअघि दुवैसँग कागजी सम्झौता भएको हो । निश्चलसँग मौखिक सहमति भए पनि निषेधाज्ञाका कारण भेट हुन नपाएका कारण कागजी सम्झौता हुन नसकेको उनले बताए । केही दिनमा निश्चलसँग पनि कागजी सम्झौता हुने उनी बताउँछन् ।