अर्पणको सुझाव : सरकारले नागरिकको आर्थिक समस्यामा ध्यान दिनुपर्छ



अभिनेता अर्पण थापाले यो अवस्थामा सरकार नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले कोभिड १९ सँग लड्न आम नागरिक सरकारलाई समर्थन गर्न तयार भएको तर यसका लागि सरकारले नागरिकहरूको आर्थिक समस्यामा ध्यान दिनुपर्ने बताएका छन् । जनताको आर्थिक, मानसिक र स्वास्थ्य स्थितिलाई बेवास्था गरे देश अव्यवस्थित ढंगले खस्कने उनी बताउँछन् ।

उनले बुधवार फेसबुक एक स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘मलाई लाग्छ कि हाम्रो सरकारसँग नागरिकप्रति उच्च जिम्मेवार हुने समय यही हो । यदि सरकारले जनताको आर्थिक, मानसिक र स्वास्थ्य स्थितिको तथ्यलाई बेवास्था गर्‍यो र वैधानिक समाधानको विकल्प खोजिएन भने देश धेरै अव्यवस्थित ढंगले खस्कन्छ र मानिसहरु भाइरसभन्दा अरु कुराले बढी पीडित हुनेछन् ।’

उनी अगाडि लेख्छन्, ‘हामी सरकारको समर्थनमा कोभिड १९ सँग मिलेर लड्नेछौं । तर, सरकारले नागरिकको आर्थिक समस्यामा ध्यान नदिए हामी कोरोनाभन्दा अगाडि नै मर्नेछौं । भगवान हाम्रो राम्रो स्वास्थ्यका लागि आर्शिवाद दिनुहोस् र हाम्रो सरकारलाई सही तरिकाले समाधान गर्ने आशिर्वाद दिनुहोस् ।’ भोको पेटले कोरोना विरुद्ध लड्न नसकिने उनको भनाईको आशय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu