‘आदिपुरुष’ मा रावण बन्दै सैफ



अभिनेता प्रभासले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘आदिपुरुष’ मा बलिउड अभिनेता सैफ अली खान भिलेनको भूमिकामा देखिने भएका छन् । उनले चलचित्रमा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन् । सैफसँग उनको दोस्रो सहकार्य हो । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘तान्हाजी’ मा उनीहरुबीच सहकार्य भएको थियो ।

निर्देशक ओम राउतले ‘आदिपुरुष’ मा सैफको अभिनय रहने जानकारी दिँदै ट्विटरमा चलचित्रको एक पोस्टर शेयर गर्दै लेखेका छन्, ‘७ हजार वर्ष अगाडि दुनियाँमा सबैभन्दा वुद्धिमान राक्षस थिए ।’ चलचित्रलाई टि सिरिजले निर्माण गर्दैछ । चलचित्रमा अभिनेता प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् । चलचित्रमा साउथ अभिनेत्री कीर्ति सुरेश सिताको भूमिकामा हुने चर्चा छ ।

‘आदिपुरुष’ लाई एक पौराणिक चलचित्र भनिएको छ । चलचित्र रामायणको एक हिस्सा हुनेछ । यो चलचित्र तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने चलचित्रलाई थ्रीडीमा समेत निर्माण गरिनेछ । प्रभासले चलचित्रको राम अवतारमा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । सन् २०२२ मा ठूलो पर्दामा चलचित्र रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu