हिन्दी सिरियल ‘तेनाली रामा’ मा निरिषाको यस्तो लुक्स



नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेको ‘तेनाली रामा’ को प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । २० सेकेण्डको प्रोमोमा उनलाई पर्याप्त स्क्रिन स्पेश दिइएको छ ।

सिरियलमा आफूले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी दिँदै निरिषाले भनेकी छन्, ‘मेरो क्यारेक्टर चीनको हिङडोङ्ग राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ ।’ सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ । त्यस्तै, उनको संवाद बोल्ने शैली र हाउभाउ निकै रोचक छ ।

निरिषाले सिरियलको प्रोमो सार्वजनिक भएसँगै आफ्नो फस्टलुक पनि सार्वजनिक गरेकी छन् । तस्विरमा उनलाई चिनियाँ पहिरनमा हातमा तरवार बोकेको देख्न सकिन्छ । उनको भिन्न गेटअप र भूमिकाले सिरियलप्रति दर्शकको चासो बढेको छ । सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।

निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो । यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन् । यो चलचित्र असफल भएपछि मुम्बई फर्किएकी उनले केही समय अगाडि कोरोनालाई समेत जितेकी थिइन् । उनले लकडाउनअघि एक साउथ चलचित्र समेत साइन गरेकी थिइन् ।

प्रोमो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu