अर्जुन कपूरलाई देखियो कोरोना



बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण देखिएको छ । आइतवार उनी स्वयंमले सामाजिक सञ्जालमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म ठीक छु र मेरो लक्षण एसिम्प्टोम्याटिक (विना लक्षण) हो । मैले घरमा आफैंलाई क्वारेन्टाइन गरेको छु । म आफ्नो हेल्थ अपडेट दिँदै गर्नेछु ।’ उनको कोरोना रिपोर्ट आइतवार मात्र आएको हो ।

अर्जुन कपूर, रकुल प्रीतसँग निखिल आडवाणीले निर्माण गरिरहेको चलचित्रको फिल्मसिटीमा छायांकन गरिरहेका थिए । त्यहाँ भारत-पाकिस्तानको सीमावर्ती क्षेत्रको सेट बनाइएको छ । दुई देश विभाजनको ब्याकड्रपको लभस्टोरीमा चलचित्र आधारित छ । अर्जुन र रकुलले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । तर, अर्जुनलाई कोरोना देखिएपछि चलचित्रको छायांकन रोकिएको छ ।

कोरोना कहरबीच सरकारले जारी गरेको गाइडलाइन अनुसार अहिले बलिउड कलाकारहरुले चलचित्रको छायांकन गरिरहेका छन् । यसमा अक्षय कुमार, अर्जुन कपूर, रकुल प्रीत, गुरमीत चौधरी आदि छन् । त्यस्तै, अजय देवगन आफ्नो चलचित्र ‘भुज’ को पोस्‍ट प्रोडक्‍शनमा व्यस्त छन् । कोरोना देखिएपछि अर्जुनको नयाँ चलचित्रको छायांकन भने अनिश्चितकालका लागि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu