३० वर्षका भए नाजिर



आफ्नो अभिनय कलाबाट दर्शकको मन जित्न सफल अभिनेता नाजिर हुसेन सोमवारबाट ३० वर्षमा लागेका छन् । २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उनले सन् २०१५ मा आएको चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट ठूलो पर्दामा डेब्यू गरेका थिए । यसमा उनले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यो चलचित्रपछि उनले आफ्नो करिअर फर्केर हेर्नुपरेको छैन ।

चलचित्रमा काम गर्नुअघि उनले रंगमञ्चको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाइसकेका थिए । मण्डला थिएटरबाट आफ्नो व्यावसायिक अभिनय थालनी गरेका उनले ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ लगायत दुई दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट खारिएर आएका कारण चलचित्रमा उनको अभिनय कलाको सधैं प्रशंसा हुने गरेको छ ।

‘होस्टेल रिर्टन्स’ पछि उनले लिड अभिनेताको रुपमा ‘गाँठो’, ‘राज्जा रानी’, ‘कागजपत्र’ चलचित्रमा काम गरेका थिए । तर, उनलाई दर्शकले हिरोको रुपमा स्वीकार गरेनन् । यसपछि सहायक चरित्रमा देखिँदै आएका उनको पछिल्लो रिलिज चलचित्र ‘वीर विक्रम २’ हो । हरेक चलचित्रमा उनको अभिनयको प्रशंसा हुने गरेको भएता पनि चलचित्रले भने नाफाको व्यापार गर्न सकेका छैनन् ।

आजकाल नाजिर चलचित्रभन्दा म्यूजिक भिडियोमा बढी व्यस्त छन् । ‘माया बिरानी’, ‘कैले भेट्ने खै ?’, ‘यो कुरा गोप्य’ लगायतका गीत निकै लोकप्रिय भएपछि अहिले उनको म्यूजिक भिडियोमा ठूलो डिमान्ड छ । एक भिडियोका लागि उनले एक लाखसम्म पारिश्रमिक लिने गरेको बताइन्छ । उनी पछिल्लो समय नेपाली चलचित्रकी कान्छी नम्रता श्रेष्ठको प्रेममा रहेको पनि चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu