भोकालाई खाना खुवाउँदै बेनिशा



कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका मजदुरहरु निषेधाज्ञा सुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । कामविहिन भएपछि उनीहरु भोक मेटाउन बाध्यताबस सडकमा आउनु परेको छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा दैनिक झण्डै पन्ध्र सयभन्दा बढी मजदुर खानाकै लागि भेला हुने गरेका छन् ।

रोजगारी गुमेपछि हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँडेका थिए । सोमवारबाट अभिनेत्री बेनिशा हमालले पनि खाना बाँड्न सहयोग गरेकी छन् ।

रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा उनले सोमवार रत्नपार्कमा भोकाहरुलाई खाना बाँडेकी हुन् । फेसबुकमा यो कुरा उल्लेख गर्दै उनले भोली पनि आफू सहभागी हुने बताएकी छन् । उनी लेख्छिन्, ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदूरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu