निर्देशक छेतन गुरुङको निधन



चलचित्र निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । मंगलवार साँझ काठमाडौंको महाराजगंजस्थित मेट्रो अस्पतालमा उनको निधन भएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्रको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित नयाँ चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता चलचित्र ‘हुतुतु’ को तयारीमा थिए । यो चलचित्रको उनी आफैंले निर्देशन गर्दै थिए ।

चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर छेतन गुरुङ चलचित्र क्षेत्रमा भित्रिएका थिए । उनले पहिलो चलचित्रबाटै उत्कृष्ट लेखकको अवार्ड उचालेका थिए । त्यस्तै, डेब्यू निर्देशित चलचित्र ‘डमरुको डण्डीवियो’ बाट उनले कामना अवार्डमा नव-निर्देशकको अवार्ड जित्न सफल भएका थिए । उनले सन् २०१५ मा आएको चलचित्र आभाष’ को एक गीतमा संगीत समेत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu