कंगनाको अफिसमा डोजर चल्यो



बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा मुम्बई नगर निगम (बीएमसी) ले डोजर चलाएको छ । बीएमसीले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले बुधवार दिउँसो डोजर, क्रेन र हथौडासहित अफिस तोडफोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ ।

कंगनाले बीएमसीले गरेको यो कारवाहीलाई लिएर लगातार ट्विट गरिरहेकी छन् । उनले यो एक अफिस नभएर राम मन्दिर रहेको बताएकी छन् । बीएमसीको कारवाहीको विरुद्धमा कंगनाका वकिलले बुधवार दिउँसो हाईकोर्टमा मुद्धा दर्ता गरेका छन् । कंगनाले आफू मुम्बई आउनुभन्दा अगाडि नै महाराष्ट्र सरकार र गुण्डाले आफ्नो अफिस भत्काउने काम गरेको आरोप लगाएकी छन् ।

४८ करोडमा निर्माण गरिएको आफ्नो अफिस तोडफोड गरिएपछि कंगनाले ट्विट गर्दै लेखेकी छन्, ‘मेरो घरमा कुनै अवैध निर्माण भएको छैन । कोभिडका कारण सरकारले पनि ३० सेप्टेम्बरसम्म तोडफोड गर्न रोक लगाएको छ ।’ बीएमसीले भने नोटिसका बावजूद पनि कंगनाले काम नरोकेपछि घर भत्काउन बाध्य भएको बताएको छ । कंगना दिउँसो २ बजे मुम्बई ओर्लिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu