३९ वर्षका भए जीवन



एक समय नेपाली चलचित्रमा आफ्नो दबदबा कायम गरेका अभिनेता जीवन लुईंटेल बिहीवारबाट ३९औं वर्षमा प्रवेश गरेका छन् । २०३८ साल भाद्र २५ गते मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका उनलाई सामाजिक सञ्जालको माध्यमबाट चलचित्रकर्मी तथा दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनी केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् ।

२००२ मा मिस्टर नेपालको उपाधि जितेका उनले केही समय एभिन्यूज टेलिभिजनमा समाचार वाचकको रुपमा समेत काम गरेका थिए । उनलाई विकासराज आचार्यले चलचित्र ‘नसिब आफ्नो’ बाट मुख्य अभिनेताको रुपमा ब्रेक दिएका थिए । जहाँ अभिनेत्री रेखा थापा उनको अपोजिटमा थिइन् । यसपछि उनले निर्देशक आचार्यका चलचित्र ‘नाइँ नभन्नु ल’, ‘म तिम्रो भैसकें’ मा काम गरे ।

चलचित्र ‘तिर्खा’ बाट अभिनय करिअर सुरु गरेका जीवनले ‘मेरो एउटा साथी छ, सानो संसार, ठूली, कसम हजुरको, नसिब आफ्नो, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाइँ नभन्नु ल २, स्टूपिड मन’ लगायत ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । बाल्यकालदेखि नै साहित्यमा रुचि भएका उनले ‘नायक’ नामक एक कविताको पुस्तक समेत सार्वजनिक गरिसकेका छन् ।

बौद्धिक नायकको रुपमा चिनिएका उनी हरेक कुरालाई तर्कसहित पेश गर्न सिपालु मानिन्छन् । रोमान्टिक नायकको छवि बनाएका जीवन दुई सन्तानका पिता हुन् । दश वर्ष लामो चलचित्र अभिनयमा सक्रिय रहेका उनी पुस्तक पढ्न, कविता कोर्न र खेलकुदमा रमाउन मन पराउँछन् । लामो समयदेखि पर्दामा देखिएका कारण दर्शकहरु उनको कमब्याकको प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu