पलले गरे बाग्लुङका बाढी पीडितलाई सहयोग



अभिनेता पल शाहले आफ्नो नाममा स्थापना गरेको पल शाह फाउन्डेसनबाट सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका छन् । लकडाउनपछि चलचित्रमा काम गर्ने प्राविधिकहरुलाई आर्थिक अभावका कारण विहान बेलुका हातमुख जोर्न पनि समस्या भएपछि पाँच लाख बराबरको खाद्यन्न सहयोग गरेका उनले गएको महिना कालिकोटका बाढी-पहिरो पीडित पनि राहत वितरण गरे ।

यसबीच, उनले बाग्लुङ पुगेर विहीवार बाढीबाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा आर्थिक सहयोग गरेका छन् । आफ्नै हातबाट बाढी-पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गर्ने उनको योजना भने पूरा हुन सकेन । सडक मार्गबाट बाढी प्रभावित ठाउँमा जान असम्भव भएपछि ढोरपाटन नगरपालिकाका मेयर र वडाध्यक्षलाई पलले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

सडक मार्ग विग्रिएको र स्थानीय सरकारको एकद्वार नीतिका कारण पीडितलाई नै राहत सामाग्री प्रदान गर्न नसकिएको पलले जानकारी दिएका छन् । गायक दुर्गेस थापासँग बाग्लुङ पुगेका उनले नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । उनी आफ्नो टिमसहित मंगलबार बाग्लुङ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu