सवारी दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको मृत्यु



कयैन नेपाली चलचित्रका दृश्य सम्पादन गरेका अनिल गौतमको सवारी दुर्घटनामा मृत्यु भएको छ । शुक्रवार साँझ कार्यालयबाट घर फर्किने क्रममा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । केही समययता प्राइम टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१ क ४५६३ को ट्रिपरले कोटेश्वरमा ठक्कर दिएको थियो ।

सम्पादक गौतमको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । उनलाई ठक्कर दिने टिपरका चालकलाई शुक्रवार साँझ नै प्रहरीले पक्राउ गरिसकेको छ । ५२ वर्षीय सम्पादक गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।

अनिल गौतमले लामो समय चलचित्र विकास कम्पनीमा चलचित्र सम्पादकको रुपमा काम गरेका थिए । योसँगै विभिन्न कम्पनीमा आबद्ध भएर पनि उनले फिल्मको दृश्य सम्पादन गरेका थिए । उनको निधनप्रति फिल्मकर्मीहरुले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । गौतमले पछिल्लो पटक सम्पादन गरेको चलचित्र ‘टिन एज’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu