आँचल हाँस्दा रिसाउने को ?



चुलबुले स्वभावकी अभिनेत्री आँचल शर्माले गएको वर्ष घरजम बसाइन् । डा. उदिप श्रेष्ठसँग दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी हुन् । आफ्नो तौल घटाउने टिप्स लिन उनी फेसबुकको माध्यमबाट उदिप श्रेष्ठसँग जोडिएकी थिइन् । अन्ततः उनै आँचलका जीवनसाथी बने । गएको फागुन अन्तिममा विवाह गरेका उनीहरु लकडाउनका कारण हनिमुनमा निस्कन पाएका छैनन् ।

विवाह अगाडि चलचित्र ‘झिँगेदाउ’ को छायांकन भ्याएकी आँचल लकडाउन भएपछि फुर्सदिलो भइन् । यो समयमा उनले श्रीमानको क्लिनिक गएर दिन काट्ने गरेकी थिइन् । यो क्रम अहिले पनि जारी छ । लकडाउन खुलेपछि उनले केही म्यूजिक भिडियोमा काम गरिन् । तर, कोरोनाको संक्रमण थप भयावह भएपछि राजधानीमा निषेधाज्ञा लागू गरियो । यसपछि उनको दैनिकी फेरि घर र श्रीमानको अफिसमा वितिरहेको छ ।

प्रायः चर्चा र विवादमा आइरहने आँचल केही दिनदेखि टाउकोको तौलको विषयमा दिएको जवाफका कारण ट्रोलको शिकार भएकी छन् । तर, यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यद्यपि, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै ‘म हाँसेको देखेर रिसाउनेलाई नि ‘लभ यू’ भनेर लेखेकी छन् । उनको यो कटाक्ष ट्रोलर्सप्रति हो वा कोही व्यक्तिप्रति, त्यो भने उनै जान्दछिन् ।

धेरै समय अगाडि उनले एक अन्तर्वार्तामा तराजुमा टाउको मात्र राखे टाउकोको तौल थाहा हुने भन्दै दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई विद्वान अभिनेत्री भन्दै मजाक उडाएका छन् । तर, यसअघि पनि आफ्नो अभिव्यक्तिलाई लिएर ट्रोल बनेका कारण आँचललाई यी कुरा पचाउने बानी परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu