नीता आफैंले निर्देशन गर्दै ‘भगवत गीता’



सोमवार आफ्नो जन्मदिन मनाउँदै गरेकी अभिनेत्री नीता ढुंगानाले वेब सिरिजमा हात हाल्दैछिन् । उनले आफ्नै लगानीमा ‘श्रीमद् भगवत गीता’ निर्माण गर्न लागेकी हुन् । कोरोना महामारी सामान्य भएपछि छायांकन सुरु हुने यो वेब सिरिजको निर्देशन पनि नीता स्वयंले गर्दैछिन् । २ करोडको लगातमा निर्माण हुने यो सिरिज करिब ४० भागको हुनेछ । सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्नेछ ।

यो सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहनेछ । सेट निर्माणमा समय लाग्ने भएका कारण केही समयपछि ‘श्रीमद् भगवत गीता’ को छायांकन सुरु हुने नीताले जानकारी दिएकी छन् । यसपछि उनले आफ्नै लगानीमा चलचित्र ‘माया’ पनि निर्माण गर्दैछिन् । यसमा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ ।

बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी नीता सन् २००२ मा निर्माण भएको चलचित्र ‘मितिनी’ मा बाल कलाकारको रुपमा थिइन् । यसपछि उनले सन् २००८ मा चलचित्र ‘अजम्बरी नाता’ मा अभिनय गरिन् । उनले लिड अभिनेत्रीको रुपमा भने चलचित्र ‘किसान’ बाट ब्रेक पाएकी थिइन् । अहिलेसम्म उनले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

‘नोटबुक, निर्भय, फूलै फूलको मौसम तिमीलाई, रातो टीका निधारमा, साइनो’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी उनी लकडाउनभन्दा अगाडि चलचित्र ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । नीर शाह निर्देशित चलचित्र ‘मसान’ लाई नीताको सम्झनलायक चलचित्रको रुपमा लिने गरिन्छ । उनलाई चलचित्र ‘६ एकान ६’ ले भने दर्शकको ठूलो वर्गमा चिनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu