अनमोल मेरो प्यारो भाई : अनुप



अभिनेता अनमोल केसीको चलचित्र क्षेत्रमा निकै कम साथी छन् । उनका सबैभन्दा मिल्ने साथी सलोन बस्नेत हुन् । चलचित्र ‘होस्टेल’ बाट एकसाथ अभिनेताको रुपमा डेब्यू गरेका उनीहरुले ‘गाजलु’ र ‘ए मेरो हजुर ३’ मा सँगै काम गरिसकेका छन् । चलचित्र ‘कृ’ पछि अनमोल अभिनेता अनुप विक्रम शाहीसँग पनि नजिक भएका छन् । उनीहरुको समय समयमा भेटघाट भइरहेको हुन्छ ।

चलचित्र ‘कृ’ मा उनीहरुको केमेस्ट्री दर्शकहरुले निकै रुचाएका थिए । यी दुई अभिनेतालाई फेरि पर्दामा हेर्ने दर्शकहरुको चाहना छ । आइतवार अनुपले आफ्नो इन्स्टाग्राममा अनमोलसँगको एक तस्विर पोस्ट गरेपछि उनीहरुले चलचित्र ‘पारस’ मा काम गर्न लागेको चर्चा सुरु भएको छ । तर, चलचित्रको विषयमा कुराकानी गर्न आफूहरुबीच भेट नभएको अनुपले स्पष्ट पारेका छन् ।

उनले भने, ‘मलाई भेट्न अनमोल भैंसेपाटी आएको थियो । चलचित्र क्षेत्रमा ऊ मेरो सबैभन्दा प्यारो भाई हो । सायद, उसको पनि म प्यारो दाई होला । भेटघाट नभएको लामो समय भएकाले अनमोल भेट्न आएको थियो । तर, कुनै चलचित्रका लागि हामीबीच भेट भएको भने होइन । भोलीका दिनमा राम्रो स्क्रिप्टबाट अफर आएको अवस्थामा मलाई अनमोलसँग काम गर्न समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu