हिमालयन म्यूजिक एकेडेमीले आयोजना गर्न लागेको ‘अनलाइन ट्यालेन्ट शो – २०२०’ को तयारी अन्तिम चरणमा पुगेको छ । एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरले प्रतियोगीतामा गायन, नृत्य, स्ट्याण्डअप कमेडीलगायतका विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगीतामा सहभागीता जनाउन १८ सेप्टेम्बरभित्र रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगीतामा सहभागीता जनाउने प्रतिस्पर्धीहरुले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा प्रथम हुनेलाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमशः १५ सय र १ हजार डलर पुरस्कार दिइनेछ । नोभेम्भर २१ तारिखमा सम्पन्न हुने प्रतिस्पर्धाको जजका रुपमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकाश थुलुगं र गोपी दाहाल रहेका छन् । त्यस्तै, जुरीका रुपमा कान्छीमाया सुब्बा र सन्तोष रामदाम रहेका छन् ।




