आकाश र सलोनको ‘हिड्दा हिड्दै’ मुहुर्त



नेपाली चलचित्र ‘हिड्दा हिड्दै’ मुहुर्त गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने यो चलचित्रको शुरुवात गरिएको हो ।

चलचित्रमा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् । कोरोना भाईरसले निम्त्याएको बिश्वव्यापि महामारीका बीच त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्मको मुहुर्त भएको हो ।

नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने चलचित्रमा बसन्त सापकोटाको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu