शंकरको निर्देशनमा ‘सत्यम’ बन्ने



सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै निर्माताहरुले अहिले धमाधम नयाँ चलचित्रको घोषणा गरिरहेका छन् । यसबीच, ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सत्यम’ को घोषणा गरिएको छ । छायांकन अनुमति पाएपछि फ्लोरमा जाने चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । चलचित्रमा श्याम मल्ल कार्यकारी निर्माताको रुपमा रहनेछन् ।

नवयूग सिनेमाको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्माता सापकोटा आफैंले लेखेका हुन् । उनलाई रामकुमार श्रेष्ठले लेखनमा सघाएका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने चलचित्रको सह निर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । विदूर पाण्डे छायाँकार रहने ‘सत्यम’ का लागि कलाकार भने छनोट नभएको निर्देशक कार्कीले जानकारी दिए ।

उनका अनुसार, अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ । उनले चलचित्रको बारे जानकारी दिँदै भने- ‘नेपाली समाजभित्र एक जना नायक हुन्छ । ‘सत्यम’ ले यस्तै एक नायकको कथा भन्नेछ । चलचित्रमा नयाँ र पुराना दुवै कलाकारको अभिनय रहनेछ ।’ उनी निर्देशित चलचित्र ‘जस्मिन’ प्रदर्शनको पखाईमा छ भने ‘काँडेतार र आधा अंश’ पाइपलाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu