‘कृष्ण लीला’ मा पुष्पको जोडी दीपिका



पहिलो पटक अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईंले चलचित्रमा एकसाथ काम गर्ने भएका छन् । उनीहरु चलचित्र ‘कृष्ण लीला’ मा अनुबन्ध भएका छन् । गएको हप्ता निर्माण टिमले उनीहरुसँग कागजी सम्झौता गरेको हो । चलचित्रलाई दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अहिले चलचित्रको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् ।

कमेडी विषवस्तुमा निर्माण हुन लागेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको बारेमा जानकारी दिँदै पुष्पले भने- ‘लकडाउनमा मैले ४/५ वटा चलचित्रको स्क्रिप्ट पढेँ । त्यसमध्ये मन परेको ‘कृष्ण लीला’ हो । अहिले स्क्रिप्टमा वर्कआउट भइरहेको छ ।’ चलचित्रमा उनी लभर ब्वाईको भूमिकामा देखिनेछन् ।

निर्देशक ओली असोज १५ गतेबाट चलचित्रको छायांकन सुरु गर्ने सोचमा छन् । तर, सरकारले छायांकन अनुमति नदिएका कारण उनी अन्योलमा छन् । ‘कृष्ण लीला’ मा पुष्पलाई दर्शकले भिन्न भूमिकामा देख्न पाउने उनले बताए । अर्जुन पोखरेलको संगीत रहने चलचित्रको प्रस्तुतकर्तामा रोहित कट्टेल छन् । चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् । शिव ढकालले चलचित्र खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu