निर्देशक चाम्स भन्छन्, ‘चलचित्र कन्टेन्टले चल्छ, स्टारले होइन’



निर्देशक मिलन चाम्सले पछिल्लो समय स्टार कलाकारसँग काम गर्दै आएका छन् । प्रदीप खड्का, दयाहाङ राई, प्रियंका कार्की, पल शाहपछि उनले अब नयाँ चलचित्रमा साम्राज्ञी आरएल शाहलाई रोजेका छन् । प्रायः निर्माता तथा निर्देशकलाई स्टार कलाकार लिएपछि चलचित्र सफल हुन्छ भन्ने विश्वास छ । यही कारण निर्देशक चाम्सले पनि चलचित्रमा स्टार कलाकार छान्ने गरेका त होइनन् ?

तर, उनी स्टार कलाकार लिँदैमा चलचित्र सफल हुने कुरामा रत्ति विश्वास गर्दैनन् । ‘स्टार कलाकार भएपछि चलचित्रलाई ब्रान्डिङ गर्न केही हदसम्म सजिलो चाहिँ हुनसक्छ । तर, चलचित्र कन्टेन्टले चल्छ, स्टारले होइन । म स्टार कलाकारका कारण चलचित्र सफल हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ,’ उनले भने । उनी आफू कथाको माग अनुसार चलचित्रमा कलाकार छनोट गर्ने गरेको बताउँछन् ।

आफूले कहिल्यै स्टार कलाकार भएपछि चलचित्र चल्छ भन्ने सोचाइबाट निर्देशित भएर कलाकार नलिएको उनको दाबी छ । उनी भन्छन्, ‘चलचित्र स्टारले होइन कन्टेन्टले चल्छ भन्ने प्रमाणित ‘बोबी’ ले गरिसकेको छ । यो चलचित्रमा कोही स्टार कलाकार थिएनन् । तर, कन्टेन्ट बलियो भएका कारण चलचित्र सफल भयो ।’ उनी आफूले पात्र सुहाउँदो कलाकार छान्ने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu