मंसिरमा ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’ हुने



हिमालयन मुभिजले आउँदो मंसिर अन्तिम साता ‘स्पर्श म्यूजिक भिडियो अवार्ड-२०२०’ आयोजना गर्ने भएको छ । हिमानी सुब्बा तथा कमल खतिवडाद्वारा आयोजना गरिने अवार्ड समारोहको संयोजकमा अभिनेता तथा मोडलद्वय एसराज गराच, दिक्पाल कार्की तथा कोरियोग्राफर अशोक विक रहेका छन् ।

अवार्डमा सहभागिता जनाउनका लागि इच्छुक सहभागिहरुले निःशुल्क रुपमा फर्म भर्न सक्ने आयोजक संस्थाले जनाएको छ । मनोनयन सूचीमा समावेश हुन सफल मोडल तथा कलाकारहरुले ५० प्रतिशत अनलाइन तथा एसएमएस भोटिङ र ५० प्रतिशत निर्णायकको निर्णयका आधारमा विजेताको घोषणा गरिनेछ ।

अवार्डमा लोक दोहोरी तथा आधुनिक संगीततर्फ एक–एक जनालाई विशेष योगदान अवार्डद्वारा सम्मानित गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डमा लोक दोहोरी विधातर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट भिडियो, उत्कृष्ट छायांकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट मोडल (महिला तथा पुरुष) तथा उत्कृष्ट डेब्यू मोडल (महिला तथा पुरुष) को रुपमा पुरस्कृत गरिने छ ।

पप तथा आधुनिक विधातर्फ उत्कृष्ट गायक, गायिका, नव-गायक, संगीतकार, रचनाकार, म्यूजिक भिडियो, भिडियो निर्देशक, छायांकार, सम्पादक, महिला तथा पुरुष मोडल तथा नव-मोडल (महिला तथा पुरुष) विधामा पुरस्कृत गरिनेछ । अवार्डको विशेष विधा (म्यूजिक भिडियो) तर्फ उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर ड्रेस, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट सेलिब्रेटी डिजाइनर, उत्कृष्ट स्टाइलिष्ट तथा उत्कृष्ट कोरियोग्राफर छन् ।

बाल विधातर्फ उत्कृष्ट गायक तथा गायिका तथा उत्कृष्ट मोडल (बालक तथा बालिका) रहेका छन् । इमर्जिङ ट्यालेन्ट विधातर्फ कोरियोग्राफर, ड्रेस डिजाइनर, मेकअप आर्टिष्ट तथा मोडल (बाल, महिला, पुरुष) लाई पनि पुरस्कृत गरिने छ । लोकप्रिय विधातर्फ पपुलर मोडल (महिला तथा पुरुष) र पपुलर सिंगर (गायक तथा गायिका) लाई पनि पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu