जन्मदिनमा परमिताको बालबालिकालाई सहयोग



अभिनेत्री परमिता आरएल राणा शुक्रवार आफ्नो २७औं जन्मदिन मनाउँदैछिन् । २०५० साल असोज १६ गते ललितपुरमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट चलचित्रकर्मी तथा दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । चलचित्र ‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपालीको जन्मदिन बालबालिकाहरुसँग मनाएकी छन् ।

पखोला गाउँमा अवस्थित श्रीकाली देवी माध्यामिक विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अभिनेत्री राणाले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र जाडोका लागि न्यानो कपडा बाँडेकी छन् । उनले बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रत्येक वर्ष यसरी नै बालबालिकासँग आफ्नो जन्मदिनको खुसी साट्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले पछिल्ला केही महिनाहरूमा भौतिकवादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरें । र, आखिरमा हाम्रो जीवनमा यसले केही महत्व नै राख्दैन । मरेर लानु केही छैन, सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सबैभन्दा ठुलो धर्म हो ।’ उनले आफू जीवनको उद्येश्य भेटाउन त्यसतर्फ लम्किरहेको पनि उल्लेख गरेकी छन् ।

अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी परमितालाई चलचित्रबाट भने सफलता मिल्न सकेको छैन । ‘चपली हाइट २’ पछि उनले ‘चंगा चेट, रोज र दि कर्मा’ चलचित्रमा काम गरिन् । तर, कुनैले उनको करिअरलाई उचाइ दिलाउन सकेन । अहिले उनी एक हिट चलचित्रको पखाईमा छिन् । आफूलाई गायिकाको रुपमा पनि उभ्याइसकेकी उनी लभ लाइभका कारण प्रायः चर्चामा छाइरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu