हल खुलेपछि रिलिज हुने चलचित्रलाई बोर्डले सहयोग गर्ने



सात महिनादेखि बन्द रहेको चलचित्र क्षेत्र खोल्न सरकारले तयारी थालेपछि चलचित्रकर्मीमा खुसीयाली छाएको छ । सरकारबाट अनुमति पाएपछि चलचित्र क्षेत्रलाई चलायमान बनाउन थुप्रै निर्माताहरु नयाँ चलचित्रको छायांकन थाल्ने तयारीमा छन् । तर, निर्माण सम्पन्न भइसकेका चलचित्रका निर्माताहरु भने सिनेमा हल खुले पनि यो अवस्थामा चलचित्र रिलिज नगर्ने अडानमा छन् ।

आशातित चलचित्र ‘म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, चपली हाइट ३, हिजो आजका कुरा, लक्का जवान’ लगायतका निर्माताले वितरक र हल सञ्चालकबाट लगानी सुरक्षित हुने गरी एमजी पाए मात्र चलचित्र रिलिज गर्ने बताएका छन् । तर, उनीहरुको मागमा वितरक र हल सञ्चालक सहमत छैनन् । यो अवस्थामा चलचित्र विकास बोर्डले निर्माता लोभ्याउन एउटा ‘स्किम’ ल्याएको छ ।

सिनेमा हल खोल्न अनुमति दिएको ६ महिनाभित्र प्रदर्शन हुने चलचित्रको सर्भर इनकोडिङ चार्ज, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज र पोष्टर छपाईको सम्पूर्ण खर्च बोर्डले बेहोर्ने भएको छ । त्यस्तै, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा चलचित्रको सहुलियत विज्ञापनको लागि पनि कुराकानी भइसकेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि बोर्डले रिलिज हुने चलचित्रलाई सहयोग गर्ने निर्णय गरेको अध्यक्ष दाहालले बताए । उनका अनुसार, उपत्यकाका महानगर र नगरसँग सहकार्य गरेर ६ महिनासम्म नेपाली चलचित्रको ब्यानर सबै आकाशे पुलमा राख्न पनि पहल गरिएको छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैको साथ र सहयोगको अवश्यकता रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu